समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

सिस्टम नचल्दा ठूलो मात्रामा बजेट रकम भुक्तानी हुन सकेन

४ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

2.2K

सिस्टम चल्न नसक्दा दर्जनौं योजनाहरूको भुक्तानी नपाएपछि उपभोक्ता मारमा परेका छन् । कर्णाली प्रदेश सरकार मतहतका जिल्ला कार्यालयहरूले काम गरेर सम्पन्न भएका योजनाहरूको भुक्तानी दिन नसकेको बताएका हुन् । 

असार २५ गतेसम्म मात्र सिस्टम चल्ने भन्दै परिपत्र भए पनि २४ गते दिनभरी सिस्टम नचल्दा आफूहरूले उपभोक्ताको काम गरेको रकम भुक्तानी दिन नपाएका खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका प्रमुख टपेन्द्र सुन्दर मल्लले बताए । उनले भने, ‘हाम्रो जिल्ला कार्यालयबाट काम गरेको ८ करोड रकम भुक्तानी दिन नसकेको अवस्था छ ।’

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अधिकांश जिल्ला कार्यालयले काम गरेको रकम भुक्तानी दिन नपाएको पीडा सुनाएका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका जिल्ला कार्यालयहरूले समेत ३० प्रतिशत भन्दा बढी काम भएको रकम भुक्तानी दिन नपाएका बताएका हुन् । 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय सहित आठ वटा मन्त्रालय रहेका छन् । अधिकांश मन्त्रालयका जिल्ला कार्यालयहरूले सिस्टम चल्न नसक्दा काम गरेको समेत भुक्तानीको काम रोकिएको बताएका छन् । 

प्रदेश कोष लेखा नियन्त्रण कार्यालयले केन्द्रमा यहाँको सबै कुरा लेखि पठाएको जानकारी दिएको छ । सिस्टम तोकिएकै दिनमा बन्द गर्ने तर अघिल्लो दिन सिस्टम नै नचल्ने अवस्था आएपछि भुक्तानी कसरी दिनु कार्यालय प्रमुखहरूको भनाइ छ ।

2.2K

Due to non-operation of the system, a large amount of budget could not be paid

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *