समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

भक्तपुर दुर्घटना : मृतक एक जनाको पहिचान खुल्याे

४ वर्ष अगाडि
भक्तपुर
समखबर संवाददाता

1.7K

भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु  भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका- २ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् । 

आइतबार  दिउँंसो सवा १२ बजे  भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको सल्लाको रुख ढल्दा बा. २ ख. ३५८४ नम्बरको बस र बा. ६१ प. ३९७८ नम्बरकाे स्कुटरलाई किच्दा तीनजनाकाे मृत्यु भएकाे र  १५ जना घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये दुईजनाकाे अझै पहिचान हुन सकेकाे छैन । पहिचान नखुलेका मृतक पुरुष रहेका छन् ।

तीन जनाकै उपचारको क्रममा मृत्यु भएको र बाँकी घाइतेहरूकाे भक्तपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । 

1.7K

Bhaktapur accident: The identity of a deceased person has been revealed

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *