समखबर संबाददाता


0 प्रतिक्रिया

640

एमाले सचिवालय बैठकको समय सर्‍यो

४ महिना अगाडि
समखबर संबाददाता

800

काठमाडौं, पुष, १३  । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय सरेको छ । बिहान ११ बजेदेखिलाई तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको एमाले सचिवालयले जनाएको छ ।

बैठकमा कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्री-शीर्ष नेतासँगको बालुवाटार छलफलबारे अध्यक्ष केपी ओलीले बैठकमा जानकारी गराउने बताइएको छ । साथै, बैठकमा समानुपातिकका उम्मेदवारको अन्तिम सूची तयार गर्ने मुख्य एजेन्डा रहेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलि समय तोकेको छ ।

800

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *