समखबर संवाददाता


0 प्रतिक्रिया

428

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

३ महिना अगाडि
समखबर संवाददाता

535

काठमाडाैं, ४ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ ।

नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् । नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुनुहुन्छ भने कागते पूर्वप्रदेशसभा सदस्य हुनुहुन्छ । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी हुुनुुभएको थियो ।

उम्मेदवार चयन हुनुभएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुनुहुन्छ । निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ ।

535

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *