समखबर संबाददाता


0 प्रतिक्रिया

352

सम्मेलन आयोजक समितिको संयोजक बने पवनमान श्रेष्ठ

१५ घण्टा अगाडि
समखबर संबाददाता

440

काठमाडौँ, २८ माघ । यही माघ २५ र २६ मा सम्पन्न राष्ट्रिय भेलाले पवनमान श्रेष्ठलाई अखिल नेपाल आदिवास जनजाति महासंघको सम्मेलन आयोजक समितिको संयोजकमा निर्वाचित गरेको छ । भेलाले श्रेष्ठको संयोजकत्वमा २१ जनाको राष्ट्रिय सम्मेलन आयोजक समिति निर्वाचित गरेको हो ।

निर्वाचित समितिको सदस्यहरुमा पवन मान श्रेष्ठ, पद्म सुन्दर लिम्बू, शिव श्रेष्ठ, भरत बुर्जा मगर, भिम श्रीष मगर, गोर्की श्रेष्ठ, सुरेश तामाङ, श्रीकृष्ण सुलु, महान गुरुङ, निमकला पुन, उद्धव गुरुङ, श्याम कुमाल, सपना राजथला, पद्म तामाङ, नरसिंह धिमाल, तेज कुमारी थापा, अर्जुन तरामु, लिला बहादुर राना, आशिष थारु, दुर्गा नारायण चौधरी, बाबुलाल लोप्चन रहनु भएको छ ।

राष्ट्रिय भेलाद्वारा निर्वाचित २१ जनाको सम्मेलन आयोजक समितिमा निर्वाचित सदस्यमध्ये जेष्ठ सदस्य महान् गुरुङको अध्यक्षतामा बसेको सम्मेलन आयोजक समितिको बैठकले संयोजकमा पवन मान श्रेष्ठ निर्वाचित गरेको हो । उक्त बैठकले फुर्नामगेल मोक्तान, अर्जुन राजवंशी, रंगवीर दोङ र थम बहादुर छन्त्याललाई सम्मेलन आयोजक समितिमा थप गरिएको छ । छुटेका बाँकि थप्नु पर्ने सदस्यहरुलाई अर्को बैठकमा थप गर्ने निर्णय गरिएको छ ।

440

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *