समखबर संबाददाता


0 प्रतिक्रिया

404

राजनीतिमा नयाँ तरंग: ०४६ देखि हालसम्मका प्रकरण खोतलिने – रवि लामिछाने

२ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

505

काठमाडौं, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ देखिको काण्डको छानबिन हुने बताएका छन् । सुनसरीको इटहरीमा रास्वपाद्वारा आयोजित परिवर्तन उद्घोष सभामा मंगलबार उनले सबैको भ्रष्टाचार काण्डको छानबिन गर्ने बताएका हुन् । भ्रष्टाचारको विषयमा रास्वपा निर्मम रहेको उनले बताए ।

‘हामीले वाचापत्रमा पनि भनेका छौँ, अब थिति बसाल्छौँ,’ उनले भने, ‘अब ०४६ यताका सबै काण्डका फाइल खुल्छ ।’ उनले शिक्षक, क्रसर व्यवसायी कसैलाई पनि अब राजनीतिक पार्टी र नेताले नभई नीतिले रक्षा गर्ने बताए । रास्वपाको सरकारले सय दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्ने उनले बताए । 

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्वी पहाडी जिल्लामा उत्पादन नभएको खाद्यान्न तराईका मानिसले खान नपाउनु दुःखको कुरा भएको बताए । उनले पूर्वी नेपाललाई आर्थिक सम्भावना भएको र सोहीअनुसार विकास गर्न सकिने बताए । ‘पहाडको तरकारीहरू तराईमा खाना पाइँदैन, यो दुःखको कुरा हो,’ उनले भने, ‘यो समस्याको समाधान रास्वपाले गर्छ ।’

बालेनले पिउने पानी, सिँचाइ, धान उत्पादनलगायत समस्या समाधान गर्न पार्टीले जोड दिने उनको भनाइ थियो । पूर्वी नेपाललाई देखाएर र उत्पादन गरेर पैसा कमाउन सकिने उनले बताए । धार्मिक सांस्कृतिक सम्पदाहरूको उपयोगले पूर्वीसहित नेपालको समृद्धि हुनेमा जोड दिए । खेलाडीलाई पर्याप्त अभ्यास गराएर राम्रो खेलाडी उत्पादन गर्नेमा पार्टी प्रतिबद्ध रहेको उनले बताए ।

‘करिब ६०–७० प्रतिशत फुलबल खेलाडी यही पूर्वी क्षेत्रबाट निस्किन्छन्,’ उनले भने, ‘तर, खेलाडी र खेलमैदानलाई व्यवस्थित गर्न सकिएको छैन । राम्रो प्रशिक्षण केन्द्र र अभ्यासहित खेलाडी उत्पादन गर्न सक्ने पार्टी रास्वपा बन्नेछ ।’ बालेनले पूर्व क्षेत्रमा पहिले उद्योगहरू खुलेको र त्यसपछि खोल्न खोजे पनि प्रशासनिक झन्झट तथा नेताहरूलाई ढोग्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाए । उद्योग खोलेपछि पार्टी तथा नेतालाई दिनुपर्ने चन्दा रोक्न विशेष व्यवस्था गर्नेमा समेत जोड दिए । 

505

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *