समखबर संबाददाता


0 प्रतिक्रिया

228

आगामी दिनहरूमा भारी वर्षा नहुने संकेत

४ हप्ता अगाडि
समखबर संबाददाता

285

काठमाडौं,८ चैत । गत शुक्रबारदेखि सक्रिय वर्षा गराउने प्रणाली आजबाट कमजोर भएको छ । यससँगै आजदेखि मौसममा उल्लेख्य सुधार आउने र घाम लाग्ने मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिमबाट सुरु भएको वर्षा गराउने प्रणाली क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशबाट बाहिरिएको छ । केही स्थानमा भने हल्का बादल देखिएको छ । तर अघिल्ला दिनको जस्तो केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार शनिबार रातिदेखि नै मौसममा सुधार देखिएको छ । विभागले आज बिहान ६:२० बजे सार्वजनिक गरेको एक सूचना अनुसार हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ तर बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा छ ।

मौसमविद उज्जल उपाध्यायका अनुसार शनिबारदेखि बादल हटेर घाम लाग्ने छ । वर्षाका कारण प्रदूषण पनि घटेको छ । त्यसैले उनले शनिबार साँझ फेसबुकमा लेखेका छन्, ‘भोलि ढुक्कले लुगा धुनुस् मज्जाले सुक्छ । हिमालको मनमोहक दृष्य हेर्नुस् । स्वच्छ हावामा सास फेर्नुस् । आउने अझै केही दिन यस्तै मज्जा लिनुस् ।’

मौसमविदहरुका अनुुसार अहिले प्रि–मनसुनको समय छ । त्यसैले प्रिमनसुन अवधिमा दिनभर घाम लागे पनि साँझपख बादल लाग्ने, मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने र कहिलेकाहीँ हुरी चल्ने गर्दछ । त्यसैले चट्याङ र हुरीबतासबाट जोगिन  मौसमविदहरु सुझाव दिन्छन् ।

285

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *