समखबर संवाददाता


0 प्रतिक्रिया

260

ओली पक्राउविरुद्ध प्रदर्शन: निषेधित क्षेत्रमा पुगेका ७ जना पक्राउ

४ हप्ता अगाडि
समखबर संवाददाता

325

काठमाडौं,१४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट ७ जनालाई पक्राउ गरेको हो ।

उनीहरू अहिले परिसरको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

‘हामीले ७ जनालाई नियन्त्रणमा लिएर राखेका छौं, निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ भट्टराईले अनलाइनखबरसँग भने ।

प्रदर्शनकारीहरू माइतीघर पुगेर कोणसभा गरेका थिए ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।

325

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *