समखबर संवाददाता


0 प्रतिक्रिया

252

जातीय विभेदको निर्लज्ज प्रदर्शन: जुम्लामा दलितमाथि दुर्व्यवहार

२ हप्ता अगाडि
समखबर संवाददाता

315

जुम्ला, १६ चैत । जुम्लाको सदरमुकाम खलङ्गास्थित कालेखोलीको एक होटलमा जातीय विभेदको गम्भीर घटना सार्वजनिक भएपछि जिल्लाभर आक्रोश चुलिएको छ। गुठिचौर गाउँपालिका–३ की कविता बुढाले सोही वडाका राजबहादुर सुनारमाथि सार्वजनिक स्थलमै अत्यन्तै निकृष्ट र अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेकी हुन्। 

तातोपानी खान होटल पुगेका सुनारमाथि बुढाले ‘डुम’ भन्दै होच्याएको र जातीय घृणा फैलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसले कानुनी राज्यको उपहास गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। सार्वजनिक भएको भिडियोमा बुढाले गर्वका साथ जातीय विभेदकारी शब्दहरू दोहोर्‍याएकी छन्। 

उनले ‘डुमलाई डुम नै भन्छु’ भन्दै उत्तेजित अभिव्यक्ति दिएकी मात्र छैनन्, राज्यको न्याय प्रणालीलाई समेत ठाडो चुनौती दिएकी छन्। ‘मलाई जेल हालेर के हुन्छ, मेरा मान्छेले निकालिहाल्छन्’ भन्ने उनको आशयको अभिव्यक्तिले पहुँचवालाको आडमा कानुन मिच्न सकिन्छ भन्ने दम्भ प्रस्ट पारेको छ। 

यो घटनाले संविधानले सुनिश्चित गरेको समानताको अधिकार र जातीय भेदभाव विरुद्धको ऐनलाई प्रत्यक्ष प्रहार गरेको छ। नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय अपराध माने पनि सार्वजनिक स्थलमा यति निर्लज्ज रूपमा दलित समुदायको अपमान गरिनुले समाजको चेतना स्तरमाथि नै प्रश्न उठाएको छ। 

यो घटना केवल एक व्यक्तिमाथिको दुर्व्यवहार मात्र नभई समग्र दलित समुदायको आत्मसम्मानमा पुगेको चोट भएको भन्दै दलित अगुवाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

रातोपाटिबाट

315

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *