समखबर संवाददाता


0 प्रतिक्रिया

172

कतारमा तीन नेपालीलाई आममाफी, नेपाल फर्किने तयारी

१ दिन अगाडि
समखबर संवाददाता

215

काठमाडौं, २७ चैत । कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ । रमादानको अवसर पारेर उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

कतारका आमिर शेख तमिम विन हमाद अलथानीले सो आममाफी दिएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जनाएको छ । कतारको दोहा स्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको मन्त्रालयले जानकारी दिएको छ । 

यद्यपि, ती नेपालीहरू के कारणले जेलमा परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाउन चाहेन । साथै, उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन ।

आममाफी पाएका तीनै जना नेपाली हाल नेपाल फर्किने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

215

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *