समखबर संवाददाता


0 प्रतिक्रिया

1.6K

संसदीय व्यवस्था रहेसम्म देश र जनताको अवस्थामा सुधार नआउने नेता थापाको भनाई

४ वर्ष अगाडि
समखबर संवाददाता

2K

काठमाण्डौं: नेकपा (क्रान्तिकारी माओवादी) पार्टीको स्थायी कमिटी सदस्य परी थापाले कम्युनिस्ट पार्टीको आवरणमा रहेका अवसरवादी र संशोधनवादी प्रवृत्तिका नेताहरुले जनताले गरेको मुक्तिकामी संघर्ष वा आन्दोलनमाथि पटक पटक धोका र गद्दारी गर्ने गरेको बताउँदै रुप पक्षमा व्यवस्था बदलिएको देखिए पनि जनताको अवस्थामा कुनै परिवर्तन नआएको बताएका छन् । उनले रत्नपार्क शान्तिबाटिकामा आयोजना गरिएको ३३ औं एेतिहासिक जनआन्दोलन दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले संसदीय व्यवस्था रहेसम्म देश र जनताको अवस्थामा कुनै सुधार नआउने बताए । त्यस्तै, संसदीय व्यवस्थाको कथित स्थानीय निर्वाचन आफुहरुले सशक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको समेत स्पष्ट परे ।

उक्त कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले पनि संसदीय व्यवस्थाको निर्वाचनले भ्रष्ट, देशघाती र जनघाती तत्वहरु उत्पादन गर्ने भएकाले यो निर्वाचन सशक्त रुपमा बहिस्कार गर्न आवश्यक रहेको बताए ।

2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *