समखबर संवाददाता


0 प्रतिक्रिया

972

महोत्तरीमा ४ सय भन्दा बढी महिलालाई गरियो म्यादी प्रहरीमा छनोट

४ वर्ष अगाडि
समखबर संवाददाता

1.2K

महोत्तरीः आसन्न स्थानीय तहको निर्वाचनको लागी महोत्तरीमा २४ सय ७६ जना म्यादी प्रहरी छनोट गरिएको छ । ८ हजार ५५ जनाले दिएको आवेदन मध्य २४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कूल आवेदन मध्य ८ सय जना महिला र बाँकी पुरुषले आवेदन दिएका थिए । ८ सय जना महिलाहरूको आवेदनमा ४ सय ९८ जना महिलालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

मापदण्डअनुसार छनोट भएका १९ सय ७८ जना पुरुष र ४ सय ९८ जना महिलाहरूलाई भोलिबाट तालिममा सहभागी गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.