समखबर संवाददाता


0 प्रतिक्रिया

872

कांग्रेस पोखरा : मेयरमा जेठाजु, उपमेयरमा बुहारीको दाबी

४ वर्ष अगाडि
समखबर संवाददाता

1.1K

नेपाली कांग्रेसले पोखराको मेयर र उपमेयरको नाम संकलन गरिसकेको छ । दुई दिनसम्म संकलन गरिएको नामबारे मतदानबाट संख्या घटाउने वा सबै नाम सिफारिस गर्ने भन्ने छलफल सुरु भएको छ । मेयरमा १८ र उपमेयरमा १० जनाले आकांक्षा देखाएका छन् । उनीहरूले मेयरमा २५ र उपमेयरमा २० हजार तिरेर नाम टिपाएका हुन् ।

पोखराको मेयर र उपमेयरमा एउटै घरबाट पनि दाबी परेको छ । मेयरमा जेठाजु (मन्त्री विन्दुकुमार थापा) र उपमेयरमा बुहारी (मिलन थापा) ले नाम टिपाएका हुन् । उनीहरु दुवै जना महाधिवेसन प्रतिनिधि पनि हुन् । महधिवेसनकै बेला जेठाजु बुहारीलाई महाधिवेसन प्रतिनिधिमा रोक्ने प्रयास नभएको होइन । तर, दुवै जनाले अत्यधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । 

मेयरमा रामचन्द्रका छोरीज्वाईं परमेश्वर पोखरेल पनि दाबेदार छन् । उनी हाल पार्टीमा कुनै पनि पदमा छैनन् । गत मंसिरमा भएकाे १४औं महाधिवेशनअन्तर्गत कास्की सभापतिमा पराजित भएका सुदिपमोहन भट्टराई र जितेका किशोरदत्त बराल दुवैजना मेयरको आकांक्षी छन् ।

व्यवसायीहरू निर्मलप्रसाद कर्मचार्य, विश्वशंकर पालिखे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई र किरण केसी पनि प्रमुख दाबेदारका रूपमा छन् । कृष्णबहादुर केसी हालका महासमिति सदस्य तथा कास्कीका निवर्तमान सभापति हुन् । बाबुराम आचार्य लामो समय सरकारी सेवामा रहेर सचिव पदबाट अवकास पाएका व्यक्ति हुन् भने सरास्वती गुरुङ अघिल्लो चुनावमा उपमेयरमा पराजित भएकी थिइन् ।

गंगाधर पराजुली पत्रकारिता हुँदै विभिन्न पदमा रहेर काम गरेपछि राजनीतिमा लागेका हुन् । उनी यसअघि पोखरा महानगरको पार्टी सभापतिमा पराजित भएका थिए । पुराना नेता नन्दप्रसाद तिवारी र वीरेन्द्रनारायण विजुक्छे पनि दौडमा छन् । कोपिला रानाभाट पार्टीको प्रदेश सहमहामन्त्रीमा कार्यरत छिन् भने ऋषि सापकोटा र विश्व घिमिरे पनि राजनीतिबाटै अघि बढेका हुन् ।

उपप्रमुखमा उम्मेद्‌वारी दिने माया बराल महिला संघ पोखराको सभापति हुन् भने लक्ष्मी पाण्डे निवर्तमान जिल्ला कोषाध्यक्ष हुन् । रंगीला आचार्य जिल्ला उपसभापतिमा निर्वाचित भएकी थिइन् । उपमेयरमा नेताहरू आनन्दी राणा कार्की, टिकाकुमारी गुरुङ, दिपक मल्ल, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली नाम लेखाए ।

Latest News

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *