समखबर संवाददाता
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला भेला भव्य रुपमा सम्पन्न गरेको छ । पाटन संयुक्त क्याम्पस, ललिलपुर जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी ) का स्थाई समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक माेर्चाका केन्दिय अध्यक्ष सी.पि गजुरेलकाे प्रमुख आतिथ्यतामा र अखिल ( क्रान्तिकारी ) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलकाे विशेष आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएकाे छ ।
भेलामा देजमाे नेपालका अध्यक्ष नेता सी.पि गजुरेलले विधार्थी तप्काहरु चुप लागि बस्न नहुने यसका लागि संगठित हुँदै संघर्षहरुमा विधार्थीहरु राष्ट्रियता, जनजीविका तमाम समस्यहरु लाई सचेत तरिकाले उठान गर्दै आन्दाेलन चर्काउदै दलाल, माफिया विरुद्ध आन्दाेलनकाे नेतृत्व गर्न विधार्थीहरु अग्रिम माेर्चामा लाग्नु पर्ने बताएका छन्।
अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुलेलले, सम्पूर्ण विधार्थीहरुले शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृति विरुद्ध अखिल(क्रान्तिकारी) हरुले सारा विधार्थीहरुकाे नेतृत्व गरेर प्रत्येक स्कुल,क्याम्पसहरुमा हटाउनु पर्ने बताएका छन्। साथै शिक्षा क्षेत्र माफियाहरुकाे कव्जामा रहेकाे समय सम्म जनताका छाेराछाेरीहरुकाे भविष्य सुनिश्चित नहुने भएकाेले यसका विरुद्ध लड्न तयार हनुपर्ने बताएका छन् ।
ने.क.पा (क्रान्तिकारी माओवादी) ललितपुर जिल्ला सेक्रेटरी श्याम के.सि ले युवा विधार्थीहरु सचेत रहदै आन्दाेलन र संघर्षका कार्यक्रमहरु बढाउनु पर्ने बताएका छन् । उक्त भेला मा अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष शीलु न्याैपाने, महासचिव पेसल दाहाल, सचिव राम तिरुवा, प्रभात भट्टराई , नेकपा क्रान्तिकारी माओवादीका जिल्ला ईन्चार्ज कगेन्द्र महर्जन, जनस्वास्थ्य केन्द्रित संयाेजक ईन्दिरा अधिकारी, विगेसाे का अध्यक्ष पदम लिम्बू, प्राध्यापक संगठनका केन्द्रीय सदस्य चिदानन्द यादव, लगायत स्थानिय नेता र अखिल क्रान्तिकारीका केन्द्रीय स्थरका नेता हरुकाे समेत उपस्थिति रहेकाे थियाे।
भेलाले ईश्वर सिंह साउदको अध्यक्षतामा २९ सदस्य रहने गरी अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला कमिटी गठन गरीएको छ ।
समखबर संवाददाता