समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

माओवादी केन्द्रले लगायो उम्मेदवारको टुंगो

४ वर्ष अगाडि
काठमाडौँ
समखबर संवाददाता

1.5K

नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । माअ‍ोवादी केन्द्रले आफ्नो भागमा परेको एक महानगर र एक उपमहानगरका लागि उम्मेदवारी टुंगो लगाएको हो ।

माओवादीले भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । यस्तै, ललितपुर महानगरको उपमेयरमा बाबुराज बज्राचार्य उम्मेदवार बनाएको छ ।

यस्तै, माओवादीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा ईन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बुको नाम टुंग्याएको छ । माओवादीले भोलि दिउँसोसम्म सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *