समखबर संवाददाता


0 प्रतिक्रिया

2.3K

वडाको समग्र विकासका लागि प्रतिबद्ध छुः रमेश तिवारी

४ वर्ष अगाडि
काभ्रे
समखबर संवाददाता

2.8K

अध्यक्ष पदका उम्मेद्वार रमेश तिवारीले वडाको समग्र विकासको लागि प्रतिबद्धता व्यक्त गरेका छन् । उनि नेपाली कांग्रेसबाट नमोबुद्ध नगरपालिका वडा नं.३ को वडा अध्यक्ष उम्मेद्वार रहेका छन् ।

नमोबुद्ध नगरपालिका वडा नं. ३ मा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगाएत पूर्वाधार निर्माणमा निरन्तर जुट्ने प्रतिबद्धता व्यक्त गर्दै आम वडा वासीको समस्याहरुसँग साक्षात्कार गर्दै वडा वासीको समस्या समाधानको निमित्त समेत क्रियाशील रहने बताए ।

समग्र वडाको विकास र हकहितको लागि राजनीति गर्नेछु । अध्यक्ष पदमा जितेभने पार्टीको मात्र प्रतिनिधि नभई समग्र वडा वासीको प्रतिनिधिका रुपमा निष्पक्ष रहि जनताको सेवामा जुट्नेछु । तिवारीले हिजो (बुधबार) समखबरसँगको कुराकानीमा बताएका हुन् ।

को हुन् रमेश तिवारी ?

नमोबुद्ध नगरपालिका वडा नं. ३ चरुवामा सामान्य परिवारमा जन्मिएका तिवारीले स्थानीय विद्यालयबाट पढाइसँगै संघर्ष गर्दै व्यापार व्यवसायमा सक्रिय रहँदै आएका थिए । स्थानीय स्तरमा हुने सामाजिक कार्यहरूमा सहभागी हुँदै आएका तिवारीले विनाशकारी भूकम्प, विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी लगाएत प्राकृतिक विपत्तीमा पीडित वडा बासीहरुलाई व्यक्तिगत रूपबाट समेत सहयोग गर्दै आएका थिए ।

नयाँ सोच, विचार र जाँगर भएकोे, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न सक्ने, यसै माटोमा खेलेर हुर्केका उनी जस्तो युवा वडाको नेतृत्वमा आउन चाहनु सकारात्मक कुरा भएको स्थानीयहरु बताउँछन् ।

2.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *