समखबर संवाददाता
जितपुर सिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ । सम्भवत् बारामै र जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित गुरुङले लोकप्रिय मत प्राप्त गरेकी छन् ।
गुरुङले १ हजार ३ सय २५ मत प्राप्त गरेकी हुन् । उनको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९ सय २३ मत प्राप्त गरे । गुरुङ ४ सय २ को फराकिलो मतान्तरले विजयी भएकी हुन् ।
उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गिता सार्की, सदस्य उम्मेदवारहरु तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी भएका छन् ।
समखबर संवाददाता