आयोगद्वारा बालेन, हर्कसहित पाँच जनासँग स्पष्टीकरण
काठमाडौँ, १३ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पाँचजना उम्मेदवार तथा दुई संघसंस्थासँग स्पष्टीकरण माग गरेको छ। निर्वाचन आयोगको आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहसहित पाँचजना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो। आयोगका अनुसार बालेन शाहले सोही निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा...