समखबर संवाददाता


0 प्रतिक्रिया

128

खड्काले बोलाए पदाधिकारी–केन्द्रीय सदस्यहरूको भेला

९ घण्टा अगाडि
समखबर संवाददाता

160

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला डाकेका छन् । उनले १५ वैशाखका लागि भेला डाकेका हुन् ।

नेता खड्कानिकट एक केन्द्रीय सदस्यले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला बोलाइएको जानकारी दिए । भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने ती नेताले बताए ।

खड्काको सचिवालयले पनि समूहको भेला बोलाइएको पुष्टि गरेको छ । सचिवालयका अनुसार ६ गतेको बैठकपछि निवर्तमान कार्यवाहक सभापति खड्काले समूहको भेला बोलाएका हुन् ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि नेता खड्काले धुम्बाराहीमा ६ वैशाखमा निवर्तमान केन्द्रीय सदस्यहरूसँग बैठक गरेका थिए । त्यसअघि उनले अघिल्लो दिन गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।

६ वैशाखमै सभापति गगन थापा नेता खड्कालाई भेट्न उनको निवास गल्फुटार पुगेका थिए । दुई नेताबीच भएको छलफलबारे अहिलेसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन ।

कांग्रेस महामन्त्री गुरूराज घिमिरेका अनुसार सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच शिष्टाचार भेटघाट भएको हो । ‘त्यो खाली एउटा शिष्टाचार भेटकै तहमा रह्यो,’ उनले भने ।

160

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *