समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा देवर पक्राउ

४ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

1.5K

आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले उनको देवरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–१ धनगडी बस्ने प्रमेश्वर साह रहेको छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

२०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी उनी फरार रहेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनीमाथि जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *