समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

बजेटबारे मन्त्रालयगत छलफल हुँदै, मन्त्रीहरूले जवाफ दिने

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.2K

प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । 

बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो । 

संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेठमाथि छलफल हुने कार्यसूची छ । 

सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ ।  जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित हुने छ । 

अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसद्मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । 

2.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *