समखबर संवाददाता


0 प्रतिक्रिया

4.4K

न्यायको माग गर्दै काखको बच्चा सहित निहारिका अनशनमा, साथीकै दाईले बलात्कार गरेको आरोप

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

5.5K

काखमा सानो बच्चा च्यापेर धनुषाकी निहारिका राजपुत न्याय गुहारिरहेकी छिन् । साथीकै दाइले आफूलाई बलात्कार गरेको उनको आरोप छ ।

न्यायका लागि साढे दुई वर्षदेखि विभिन्न निकाय धाएकी राजपुतलाई ०७६ कार्तिकमा आफूलाई साथीकै दाइले बलात्कार गरेको उनको आरोप छ ।

‘मलाई मेरै साथीले ‘सँगै पढौं’ भनेर बोलाएपछि म गएकी थिएँ । उसको दाइले पटकपटक मनपराउँछु भन्दा पनि रेस्पोन्स गरेकी थिइनँ । तर मलाई त्यहीबेला खानेकुरमा नशालु पदार्थ पिलाएर बलात्कार गरियो,’ निहारिकाले भनिन्, ‘त्यसबेला म कक्षा ११ मा पढ्दै थिए, उमेर जम्मा १७ वर्षकी थियो ।’

त्यसको एक महिनापछि गर्भवती भएको थाहा पाएकी उनी निरन्तर न्यायका लागि भौतारिरहेकी छिन् । धेरैले बच्चा फाल्न सुझाव दिँदा पनि उनले मानिनन्, एक्लै हुर्काइरहेकी छिन् । तर, कोठा भाडा तिर्न पनि सकस भइरहेको छ ।

न्यायका लागि उनी प्रहरीहुँदै अदालतसम्म त पुगिन् तर जिल्ला अदालत धनुषाले आरोपीलाई सफाइ दियो। त्यसपछि उनी न्याय खोज्दै काठमाडौंमा छिन् । महिला आयोगले पनि असहयोग गरेको उनको आरोप छ ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत धनुषामा पुनरावेदन दिएकी उनले चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकेपछि निराश छिन् । त्यसैले ‘यो त हद भयो’ भन्दै शुक्रबारबाट उनले न्यायको मागसहित आमरण अनशन नै सुरु गरेकी छिन् ।

पहिलो दिन काठमाडौंको माइतीघरमा २१ महिनाको बच्चासहित अनशनमा बसेकी थिइन् । तर, रात परेपछि प्रहरीले उनलाई बलजफ्ती त्यहाँबाट उठायो ।

तैपनि उनी डराइनन्। प्रहरीले माइतिघरबाट हटाएपछि दोश्रो दिन बसन्तपुरमा उनले अनशन जारी राखेकी छिन्। ‘न्यायको प्रत्याभुति नभएसम्म अनशन तोड्ने छैन,’ निहारिकाले भनिन् ।

5.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *