समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त, देशव्यापी विरोध सुरु

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.5K

अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन सम्बन्धी संवैधानिक अधिकार समाप्त गरेको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतन सम्बन्धी संवैधानिक अधिकार समाप्त गरेको हो । अदालतको आदेशसँगै लाखौँ अमेरिकी महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमेको छ ।

रो विरुद्ध वेड भनेर परिचित मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्चले जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले उक्त निर्णयलाई ‘दुःखद त्रुटि’ भनेका छन् । आदेशको विरोधमा अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भएका छन् ।

अदालतको फैसलापछि त्यहाँका धार्मिक अभियानकर्मी र दक्षिणपन्थी भने खुसी भएका छन् । सन् १९७३ मा गर्भपतनलाई वैध बनाइएपछि उनीहरुले त्यसको विरोध गर्दै आएका थिए ।

फैसलाको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश उभिएका थिए । एजेन्सी

1.5K

Constitutional rights over abortion terminated in US, nationwide protests begin

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *