समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौं अस्ट्रेलियाली सडकमा

४ वर्ष अगाडि
एजेन्सी सिड्नी
समखबर संवाददाता

1.8K

अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार  खारेज गरेको विरोधमा हजारौं अस्ट्रेलियालीहरू देशभर  विरोध प्रदर्शनमा उत्रिएका छन् । 
सर्वोच्च अदालतले गत साता एतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरुलाई पुनस्र्थापना गरिदिएको थियो । 

अष्ट्रेलियाको सबैभन्दा ठूलो ¥यालीमा करिब १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘मैले हजुरआमाबाट यो चिन्ह लिएको छु’ र ‘सबैले शारीरिक स्वायत्तताको अधिकारका हकदार छन्’ जस्ता प्लेकार्ड बोकेका थिए । 

अमेरिकामा जस्तै अष्ट्रेलियामा पनि गर्भपतनसम्बन्धी कानुन राज्यहरु नै तय गर्छन् । देशको सबैभन्दा बढी जनसंख्या भएको न्यु साउथ वेल्सले सन् २०१९ मा गर्भपतनलाई वैधानिकता दिएको छ । न्यु साउद वेल्स गर्भपतनलाई अधिकार दिने अष्ट्रेलियाको अन्तिम राज्य हो ।  
 

1.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *