समखबर संवाददाता


0 प्रतिक्रिया

2.3K

गर्भपतनको पहुँच सुरक्षा गर्नेसम्बन्धी विद्येक पारित

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.9K

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले गर्भपतनमा पहुँचको सुरक्षा गर्ने उद्देश्यले दुईवटा विद्येयकहरू पारित गरेको छ । केही साताअघि
सर्वोच्च अदालतले राज्यहरूले गर्भपतन प्रक्रियालाई प्रतिबन्ध लगाउन सक्ने फैसला गरेपछि चौतर्फी विरोध भइरहेका बेला अमेरिकी विद्येयक पारित भएका हुन् ।

डेमोक्र्याटिकको बर्चश्व रहेको तल्लो सदनले पारित गरेको विद्येयक माथिल्लो सदन सिनेटबाट अनुमोदन हुन् भने जटिल छ । विद्येयक अनुमोदन गर्न सिनेटमा १० रिपब्लिकन भोट आवश्यक पर्दछ ।

‘केवल तीन साताघि सर्वोच्च अदालतले रो भी वेडलाई उल्टाएर मौलिक अधिकारमा खलल पुर्‍यायो’, गर्भपतनमा कानुनी पहुँच राख्ने ऐतिहासिक मुद्दालाई उल्लेख गर्दै तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले भनिन् ‘महिलाको प्रजनन स्वतन्त्रताको रक्षा गर्न हामी थप कदम चाल्नेछौं ।’

दुईमध्ये पहिलो विद्येयक ‘महिलाको स्वास्थ्य संरक्षण ऐन’ सँग सम्बन्धित छ । यसले अमेरिकामा गर्भपतनलाई वैधता दिन्छ । सदनले गत वर्ष पनि यस्तै विधेयक पारित गरेको थियो तर सिनेटमा त्यो अनुमोदन हुन सकेको थिएन् ।

पारित भएको अर्को विधेयकले महिलालाई अर्को राज्यमा गएर गर्भपतन गराउने अधिकारलाई कानुनी रुपमा सुरक्षा प्रदान गर्नेछ । एजेन्सी

2.9K

A bill to protect access to abortion is passed

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *