समखबर संवाददाता
सिन्धुलीको धुराबजार स्थित होटलको कोठामा अचेत अवस्थामा भेटिएका अन्दाजी ३३ वर्षीय युवालाई सिन्धुली जिल्ला अस्पतालले मृत घोषण गरेको छ ।
आइतबार बिहान ९ बजे घ्याङलेक बस्ने अन्दाजी वर्ष ३५ कि महिरानी थिङ र कृष्ण विक धुराबजार स्थित होटल डाफेको कोठा नं. १११ मा बसेका थिए । राति १० बजे महिला आफैले होटल साहुलाई युवकको हत्या गरे भनेकी थिइन् । लगतै गस्तीमा रहेको प्रहरीले विकलाई अस्पताल पुर्याएको र अस्पतालले मृत घोषणा गरेको थियो । साथै महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मृतकको टाउकोमा गहिरो चोट र शरीरका विभिन्न भागमा निलडाम रहेको छ । घटनास्थलको अवस्था हेर्दा दुई जना बिच झगडा भएको अनुमान लगाउन सकिन्छ । झगडाको क्रममा महिलाले पेय पदार्थको बोतलले प्रहार गरि हत्या गरेको हुन सक्ने मृतकका आफन्तले बताए ।
कमलामाई नगरपालिका वडा नं. ६ बस्ने कृष्ण बिक अचेत फेला परेका थिए ।, ‘केटा केटी होटलमा बिहानको ९ बजे केही समयको फरकमा गएका रहेछन् । अन्दाजी राति १० बजे होटलबाट घटनाको जानकारी आएलगत्तै गस्तीमा रहेको प्रहरीले विकलाई अस्पताल पुर्याएको र महिलालाई प्रहरी नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरि अनुसन्धान थालेका छौं ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले बताए ।
वैदेशिक रोजगारीको शिलशिलामा श्रीमान विदेश रहेको उक्त महिला चार सन्तानकी आमा हुन भने मृतक बिकको दुई छोरी छन् ।
समखबर संवाददाता