समखबर संवाददाता


0 प्रतिक्रिया

2.1K

पसलमा लुकाएको पेस्तोल र गोलीसहित हरिवनका एक पुरुष पक्राउ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.6K

प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित हरिवन नगरपालिका-११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् ।

दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो ।

दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त हतियार र गोली बरामद भएको थियो ।

पेस्तोल र गोलीसहित पक्राउ परेका दासलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

2.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *