समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

मोटरसाइकलको हावा खोल्ने प्रहरी हवल्दारमाथि छानबिन हुने, सोधियो स्पष्टीकरण

४ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

2.8K

मालपोत तथा भूमिसुधार कार्यालय राजविराजका सेवाग्राहीहरूको मोटरसाइकलको हावा खोल्ने प्रहरी हवलदार राजकुमार धामीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

मोटरसाइकलको हावा खोलेर सेवाग्राहीलाई दुःख दिएको देखिएकोले घटनामा संलग्न प्रहरी हवलदारमाथि छानबिन सुरु गरिएको र अनुसन्धान टोली खटाएर स्पष्टीकरण सोधेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार अनुसन्धान टोलीको प्रतिवेदन आउनसाथ थप कारबाही अघि बढाइनेछ ।

तोकिएको पार्किङमै राखेको प्रेस लेखिएको मोटरसाइकलको मात्र हावा खोल्नु दुःखद् घटना भएको बताउँदै एसपी काफ्लेले कानुन विपरीत कार्य गर्ने हवलदार धामीलाई कारवाहीको दायरमा ल्याउने बताए ।

नेपाल पत्रकार महासंघ सप्तरीले यसबारे एसपी काफ्लेको ध्यानाकर्षण गराएको थियो ।

2.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *