समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

टिपर दुर्घटनाः एकको मृत्यु, पाँच घाइते

४ वर्ष अगाडि
नुवाकोट
समखबर संवाददाता

1.9K

नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ वर्षीय बसन्ती बलामी रहेकी छन् । बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागी काठमाडौं तर्फ ल्याइएको छ । घाइते मध्ये ट्रिपरमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० वर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ ।

महालक्ष्मीस्थाबाट तरकारी लिएर काठमाडौं आउदै गरेको बा ४ ख ३७२८ नम्बरको टिपर गएराती पौने ३ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ ।

1.9K

Tipper accident: One dead, five injured

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *