समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

सुनका गहना तथा नगद चोरी गर्ने किशोर पक्राउ

४ वर्ष अगाडि
मोरङ
समखबर संवाददाता

2.8K

सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेका आरोपमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

एक थान मंगलसुत्र, एक थान चेन, चार थान झुम्का, एक थान लकेट, १२ आनाको औठी, एक थान तिलहरी तथा चाँदीको पाउजु र दुई थान सिक्री सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीमाथि चोरी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

2.8K

Youth arrested for stealing gold jewelery and cash

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *