समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

धनकुटामा १८ केजी गाँजासहित ६ जना पक्राउ

४ वर्ष अगाडि
धनकुटा
समखबर संवाददाता

2.4K

धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट करिब १८ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेह्रथुम छथर गाउँपालिका–२ बस्ने ३२ वर्षीय गोविन्द लिम्बु लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्र।१–०२–००१ ख ८७२० नम्बरको बसलाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उक्त बस र चालकलाई समेत आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

2.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *