समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

४ वर्ष अगाडि
रूपन्देही
समखबर संवाददाता

2.4K

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ घर भई हाल काठमाडौं टोखा बस्ने ३४ वर्षीय कृष्ण बहादुर शाही छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७७ जेठ २६ गते उनलाई बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख २० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका शाहीलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले रुपन्देही सैनामैना नगरपालिका दुधराक्षबाट फेला पारी पक्राउ गरेको हो ।

शाहीले २०७५ चैत्र ०५ गते एनसिसि बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेका थिए ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको छ ।

2.4K

Absconding accused in banking crime case arrested

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *