समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

प्राङ्कका नाममा महिलामाथि अमानवीय व्यवहार गर्ने व्यक्ति पक्राउ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.4K

महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका–३ गिरुवारी टोल बस्ने प्रदिप भन्ने २६ वर्षीय पूर्ण चन्द्र भुसाल रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनले ‘बदमास केटिए’ नामक युट्युब च्यानल सञ्चालन गरी ‘प्राङ्क’ को नाममा विभिन्न भिडियो बनाएरु प्रसारण गर्दै आएका थिए ।

बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस नदिएमा एसिड हान्दिन्छु’ भन्दै बनाएको भिडियो उनले प्रसारण गरेपछि प्रहरीले उनलाई पक्रा गरेको हो ।

अति सम्वेदनशील बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने उनले गरेको प्रहरीले जनाएको छ ।

भुसाललाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को सहयोगमा नवलपरासी कावसोतीबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

2.4K

A person who behaved inhumanly to women in the name of prank was arrested

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *