समखबर संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ८२ स्वाब परीक्षण गर्दा ५ सय ७७ जनामा कोरोना पुष्टि भएको हो । आज २ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९१ जनामा र १ हजार ८ सय ८ जनाको एन्टिजन परीक्षण गर्दा १ सय ८६ जनामा कोरोना देखिएको हो ।
यस्तै संक्रमणबाट थप दुई जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६४ पुगेको छ।
शुक्रबार कोरोनाबाट २ सय ६९ जना निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ५६ पुगेको छ ।
समखबर संवाददाता