समखबर संवाददाता


0 प्रतिक्रिया

1.6K

पछिल्लो २४ घण्टामा ९१२ जनामा संक्रमण पुष्टि, थप एकको मृत्यु

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2K

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

६ हजार ४ सय ९१ स्वाब परीक्षण गर्दा ९ सय १२ जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये दुई हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २९ जनामा र तीन हजार ५ सय ५० जनाको एन्टिजन परीक्षण गर्दा ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज एक जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३७० जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ ।

2K

In the last 24 hours, 912 people have been infected, one more died

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *