समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

ओली भन्छन्, एमाले ढाल्न प्रचण्ड र नेपाली कांग्रेसरुपी बन्चरोको बिँड बने

४ वर्ष अगाडि
काठमाडौ
समखबर संवाददाता

1.5K

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको रुपमा ब्याख्या गरेका छन् ।

एमालेका अध्यक्ष ओलीले एमाले ढाल्न प्रचण्ड र नेपाल नेपाली कांग्रेसरुपी बन्चरोको बिँड बनेको टिप्पणी गरेका छन् । उनले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिँड बनेको बताए ।

बञ्चरो लिएर एउटा रुख ढाल्न थालेछन् एक जनाले, वरतिर परतिरका रुख रुन थालेछन् । अरु रुखले सोधे ‘आखिर ढल्नु त छदैँछ, मर्नु त छदैछ,‘कसैले काट्यो ढल्नुपर्‍यो भनेर किन आशु खसालेको रु’ देख्ने रुखहरुले भने, ‘बन्चरोले काट्यो ठूलो कुरा भएन, तर हामीलाई काट्ने वञ्चरोको बिड काठकै छ, त्यो चाहिँ दुखको कुरा हो ।’

ओलीले भने, ‘बञ्चरोले मात्र रुख ढाल्न सक्दै सक्दैन । ‘कांग्रेसलाई २३ सिटमा पुर्‍याइदिएका थियौं लड्ने त कुरा छाडिदिऔं हेर्न पनि सकेको थिएन, तर अदालत गएर सरकार ढालिपाउँ भन्ने दक्षिणपन्थी सरकार बनाइपाउँ भनेर परमादेश मागे ।’

‘कांग्रेसले हामीलाई ढाल्ने त कुनै छोडौं हेर्न नसक्ने स्थितिमा पुर्याइदिएका थियौँ । यिनै बिँड हुन् जसले कम्युनिष्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिष्ट सरकार ढालीपाँउ, दक्षिणपन्थी सरकार ढालीपाँउ, त्यसका लागि परमादेश जारी गरिपाऊँ भन्ने यिनै बिँड हुन् । त्यो अवस्थामा हामी छौँ’, ओलीले भने, ‘चुनाव आउँदैछ यो नेता के के गठबन्धन गर्दैछन् छोडिदिँउ तर माओवादी पछाडि लागेका कार्यकर्ता र माधव नेपाल पछाडि लागेका कार्यकर्तालाई भन्नु पर्दछ काँग्रेसका बिँड भएर कम्युनिष्ट सिध्याउने कि कम्युनिष्ट पार्टीलाई जोगाउने भनेर सम्झाउनुपर्दछ र फर्काउनुपर्दछ ।’

1.5K

Oli says, Prachanda and Nepal Congress have become an ax to destroy UML

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *