समखबर संबाददाता


0 प्रतिक्रिया

628

एमालेको कार्यक्रम अवरुद्ध पार्न धर्नामा बसे जेनजी आन्दोलनका घाइते

५ महिना अगाडि
काठमाडौँ
समखबर संबाददाता

785

काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएकाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रम राेक्न उनीहरु धर्नामा बसेका हुन् ।

एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणासहित र्‍यालीको आयोजना गर्दैछ । प्रदर्शनकारीहरूले एमालेले बारामा भएको घटनलाई उक्साएको, भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओलीलाई प्रमुख अतिथि बनाइएको भन्दै त्यसको विरोध समेत गरेका छन् ।

धर्नामा बसेका घाइते युवाहरूले “हामी राज्यको नजरबाट बिर्सिएका छौं” भन्ने भावना प्रकट गरेका छन्। उनीहरू भन्छन् कि सही उपचार सुविधा नपाउनुका साथै सरकारले उनीहरूको अवस्थाप्रति गम्भीर ध्यान दिइरहेको छैन।धर्नाले यो संकेत दिन्छ कि जेनजी आन्दोलन अझै सकिएको छैन, र आन्दोलनका युवा हिस्सा अझै पनि लामो समयसम्म जारी रहने प्रतिबद्धता देखाइरहेका छन्।

785

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *