समखबर संबाददाता


0 प्रतिक्रिया

452

भदौ २३–२४ का घटना संविधानमाथि नियोजित प्रहार : केपी शर्मा ओली

२ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

565

काठमाडौं,७ फागुन । केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनालाई संविधान र राष्ट्रिय सार्वभौमसत्ताविरुद्धको आक्रमण भएको बताएका छन्। उनले ती घटनालाई सुनियोजित गतिविधिका रूपमा व्याख्या गर्दै देशको संवैधानिक व्यवस्थालाई कमजोर पार्ने प्रयास भएको दाबी गरे।

ओलीले देशलाई ‘प्रयोगशाला’ बनाउन खोजिएको आरोप लगाउँदै बाह्य घुसपैठ र हिंसा भड्काउने प्रयास भएको उल्लेख गरे। उनले राष्ट्रिय एकता र स्थायित्वमा आघात पुग्ने खालका गतिविधिप्रति सतर्क रहन आग्रह गरे।

उनले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सधैं संविधान र विद्यमान व्यवस्थाको रक्षा गर्दै आएको दाबी गरे। साथै देश विकास र सुशासनमा एमालेको स्पष्ट ‘ट्रयाक रेकर्ड’ रहेको उल्लेख गर्दै स्थायित्व र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको बताए।

ओलीले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र राष्ट्रिय हितको रक्षा सबै राजनीतिक शक्तिको साझा दायित्व भएको पनि जोड दिए।

565

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *