समखबर संबाददाता


0 प्रतिक्रिया

308

असन्तुष्ट पक्षलाई समेट्न ओलीको नयाँ रणनीति

२ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

385

काठमाडौं, ४ फागुन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई पुनः आकर्षित गर्न घरदैलो अभियानमा सक्रिय भएका छन्। पछिल्लो समय क्षेत्रमै मतदाताको मनोभाव बुझ्न उनी टोल–टोल पुगेर प्रत्यक्ष भेटघाट गरिरहेका छन्।

घरदैलोका क्रममा ओलीले स्थानीय बासिन्दाका गुनासा सुन्दै विकास निर्माण, रोजगारी र पूर्वाधारका विषयमा सुझाव संकलन गरेका छन्। उनले शिक्षकहरूसँग शिक्षा क्षेत्रका चुनौतीबारे छलफल गरेका छन् भने धिमाल समुदायका अगुवासँग समुदायका माग र पहिचानसम्बन्धी मुद्दामा संवाद गरेका छन्।

स्थानीय राजनीतिक वृत्तमा भने यो सक्रियतालाई रणनीतिक कदमका रूपमा हेरिएको छ। निर्वाचन क्षेत्रमा बालेन शाह प्रति बढ्दो आकर्षण र राष्ट्रिय स्वतन्त्र पार्टी को प्रभाव विस्तार भइरहेका बेला ओलीले आफ्नो रणनीति परिमार्जन गर्दै प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिएका हुन्।

विश्लेषकहरूका अनुसार पछिल्लो समय वैकल्पिक शक्तिप्रति युवापुस्ताको झुकाव बढिरहेका कारण स्थापित दलका नेताहरूले मतदातासँगको सम्बन्ध पुनः सुदृढ गर्न घरदैलो अभियानलाई तीव्र बनाएका छन्। ओलीको यो अभियान आगामी निर्वाचनलाई लक्षित तयारीका रूपमा समेत हेरिएको छ।

385

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *