समखबर संवाददाता


0 प्रतिक्रिया

192

खाडी क्षेत्रमा फेरि संकट, इरान को मिसाइल हमला

३ दिन अगाडि
समखबर संवाददाता

240

काठमाडौं, २६ चैत । अमेरिकासँग दुई हप्ते युद्धविरामको घोषणापछि पनि इरानले कुवेत र युएईमा आक्रमण गरेको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार बुधबार कुवेत र युएईलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार भएको छ ।

बुधबार इरान, अमेरिका र इजरायलबीच दुइ हप्ताकाे लागि युद्बविराम भएकाे थियो । त्यसको केही घण्टामै इरानले स्ट्रेट अफ होर्मुजको उत्तरतिर पर्ने इरानको लावन द्वीपमा भएको हवाई हमलाको जवाफस्वरुप कुवेत र युएईमा हमला गरेको जानकारी दिएको थियो ।

इरानको लावन द्वीपमा भएको हवाई हमलाबाट तेल पूर्वाधारमा क्षति भएको थियो । इरानको तेल मन्त्रालयका अनुसार लावन द्वीपमा भएको आक्रमणका कारण तेल प्रशोधन प्लान्टमा आगो लागेको थियो । त्यलगत्तै जवाफी कारबाही सुरु गर्दै इरानले छिमेकी देशका ऊर्जा केन्द्रलाई निशाना बनाएको हो ।

कुवेतको सेनाका अनुसार इरानले प्रहार गरेका २८ ड्रोनलाई बीचमै रोकिएको छ । यद्यपि केही आक्रमणबाट बिजुली केन्द्र र जल विलवणीकरण संयन्त्रजस्ता महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ ।

 जल विलवणीकरण संयन्त्रले समुद्रको नुनिलो पानीलाई प्रशोधन गरी पिउन र अन्य काममा प्रयोगयोग्य बनाउँछ ।

यसैगरी युएईले पनि आफ्नो वायु रक्षा प्रणालीबाट इरानी मिसाइललाई रोकेको पुष्टि गरेको छ ।

240

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *