समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

आफु र माधव नभएर ओली पराजित भएको प्रचण्डको दाबी

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.4K

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हारेको वास्तविकता जनताले नबुझ्दा आफू खिन्न हुनुपरेको बताएका छन् ।

चितवनमा बिहीबार संयुक्त सभालाई सम्बोधन गर्दै संसद विघटन देखि पार्टी विभाजनसम्ममा ओली पराजित भएको उनले बताएका हुन् ।

‘हारेको प्रचण्ड, माधव नेपाल होइन केपी ओली हो,’ अध्यक्ष प्रचण्डले भने, ‘यो कुरा तपाईँले नबुझेको सुन्न पर्दा खिन्न महसुस भएको छ ।’

उनले ‘लकिरको फकिर’ भएर लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । उनले गठबन्धनको विरोध गरिरहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई इङ्गीत गर्दै भने, ‘विधि, पार्टी र पद्धती बाहिर गएर कोही व्यत्ति विर हुने स्थित अहिले नेपालमा छैन ।’

सम्बोधनका क्रममा उनले सहमति सहकार्य र एकता आजको पनि आवश्यकता रहेको जनाए । गठबन्धन बनेको दिनदेखि यसलाई तोड्ने प्रयास भएको दाबी गरे ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.