मतदानपछि प्रचण्डले भने- आयोगको ८ घण्टे स्पष्टीकरणबारे थाहा छैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् । भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर क बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानकारी नरहेको बताएका हुन् । मौन अवधिमा मतदातालाई प्रभावित पारेको भन्दै बिहीबार आयोगले...