समखबर संबाददाता
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान केन्द्रीय कमिटी बैठकले सङ्गठन विस्तार र राजनीतिक घोषणापत्रका बारेमा छलफल गरेको छ ।
संयोजक घनश्याम भुसालको अध्यक्षतामा शनिबार बसेको बैठकले सङ्गठन विस्तारदेखि राजनीतिक घोषणापत्रसम्बन्धी तयारी लगायतमा विषयमा छलफल गरेको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार बैठकमा प्रस्तुत राजनीतिक घोषणापत्र र विधानका प्रारम्भिक खाकाबारे विस्तृत छलफल भएको थियो । छलफलमा उठेका बुँदाहरू समेटेर संयोजकले आगामी बैठकमा राजनीतिक घोषणा पत्र तथा विधानको मस्यौदा पुनः प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ ।पुनर्गठन अभियानमा सहभागी नेकपा (एकीकृत समाजवादी) का जिल्ला तथा स्थानीय कमिटीहरूलाई सकेसम्म चाँडो व्यवस्थित तथा विस्तार गर्ने निर्णय गरेको अर्यालको भनाइ छ ।
मङ्सिर पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने तयारीमा रहेको अभियानले कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्त शक्तिहरुसँग सहकार्यका लागि छलफल गर्न संयोजकलाई भुसाललाई जिम्मा दिने निर्णय पनि गरेको छ ।
समखबर संबाददाता