समखबर संवाददाता


0 प्रतिक्रिया

112

क्रान्तिकारी कम्युनिष्ट पार्टीको आरोप: सरकार जनहितविपरीत

११ घण्टा अगाडि
समखबर संवाददाता

140

काठमाडौं,१२ वैशाख । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेता सिपी गजुरेलले वर्तमान सरकारले फाँसीवादी शैलीमा चलिरहेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको गतिविधि फाँसीवादी शैलिमा अघि बढिरहेको जिकिर गरेका हुन् ।

महासचिव गजुरेलले सरकारले सुकुमवासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामापनि नभएको भन्दै आपत्ति जनाए ।

‘परिस्थिति बदलिएको छ । अब अहिले नेपालको नै कुरा गर्ने  हो भने फाँसीवाद लागू गर्दै गइराखेको छ । आजै सरकार बनेको एक महिना पुगेको छैन सुकुमवासीलाई त्यहाँबाट हटाउनको निम्ति डोजर लगाउने भनेर आज सुनियो । अब यो त फाँसीवादको प्रयोग गर्ने हो नि । अब विद्यार्थीहरुले संगठन खोल्न हुँदैन भनेर निर्णय गर्नु भनेको त फाँसीवाद हो नि,’ उनले भनेका छन् ।

उनले सरकार नेपाली जनताको हितमा नभएको पनि बताए ।

‘निर्दलीय व्यवस्थामा पनि विद्यार्थीहरूले चुनाव पनि लडन पाउँथे, अरु अधिकार पनि पाउँथे । यसले त पञ्चायतले जति अधिकार पनि दिएन,’ उनले भने ।

महासचिव गजुरेलले मुलुकलाई संकटबाट जोगाउन सबै क्रान्तिकारी, देशभक्त शक्तिहरूबीच सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको पनि बताए ।

140

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *