समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

सोलुखुम्बुः अध्यक्ष पदमा पत्रकार राईले उम्मेदवारी दर्ता गरेपछि…।

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.4K

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदमा पत्रकार भक्त राईले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट अध्यक्ष पदमा आइतबार उम्मेदवारी दर्ता गरेका उनले आज बिहानैदेखि मतदाता कहाँ पुगेर मत माग्न थालेका छन् ।

जनलहर आफ्नो पक्षमा देखिएको भन्दै उनले ३० वैशाखमा हुने निर्वाचनबाट निर्वाचित हुने विश्वास व्यक्त गरे ।

राईसँग रेडियो, अनलाइनदेखि छापा माध्यममा लामो समय पत्रकारिता गरेको अनुभव छ ।

उनले उम्मेदवारी दिएको गाउँपालिका यसअघि २०७४ सालमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले निर्वाचन जितेको थियो ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *