समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

अर्थ मन्त्रालयमा मध्यराति अनाधिकृत व्यक्ति प्रवेशबारे छानबिन गर्न संसदीय समितिको माग

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.3K

प्रमुख प्रतिपक्षी दल एमालेले अर्थ मन्त्रालयमा मध्यराति अनाधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरिएको भनिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको र राज्यको नीति नियम र प्रक्रियाभित्र रहेर बजेट निर्माण गरिएको जवाफ दिएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको हो ।

१४ जेठमा अर्थमन्त्री शर्माले मध्यराति दुई जना अधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

उक्त घटना वित्तीय अपराध रहेको भन्दै संसद बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सो घटनाबारे छानबिन गर्न संसदीय समिति गठन र उक्त दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे ।

2.3K

Parliamentary committee demands to investigate the entry of unauthorized persons in the Ministry of Finance at midnight

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *