समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

इनफ इज इनफ: प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली

४ वर्ष अगाडि
काठमाडौ
समखबर संवाददाता

2.4K

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले इनफ इज इनफको नारा लगाएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको र निश्चित घरानालाई लाभ हुने गरी करका दरहरु हेरफेर गरेको भन्दै उनले यसबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।

सोमबार संसदलाई डेढ घण्टा लामो सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा देशकै विरुद्ध अपराध भएको बताए । विचौलिया राखेर बजेट बनाउने पनि स्वीकार गर्ने हो भने नजिर बस्ने भन्दै उनले भने, ‘त्यही स्थापित गरेर जाने हो भने यो देशको अर्थतन्त्र के होला ? त्यससम्बन्धमा तत्काल संसदीय छानबिन समिति गठन गरेर अगाडि जानुपर्‍यो ।’

अर्थ मन्त्रालयले आइतबार मात्र सीसीटीभी फुटेजको रेकर्ड १३ दिन मात्र रहन्छ भनेकोमा पनि उनले प्रश्न गरे । उनको प्रश्न छ, ‘फुटेज हटाउने को हो ? कसको आदेशमा ? किन ? कसले भनेको थियो १३ दिनमा डिलिट गर्न ?’

यो बेथितीलाई स्वीकार गर्न नसकिने भन्दै उनले तत्काल संसदीय छानबिन समिति बनाउन माग गरे । यस्तो समितिलाई छाटो समय दिनुपर्ने र त्यसका आधारमा दोषीलाई कारबाही गरेर देशलाई थितिमा ल्याउनुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।

उनले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का सम्बन्धमा कहिले के भयो भन्ने संसदलाई जानकारी दिन समेत प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । उनले भने, एसपीपीका सम्बन्धमा सत्यतथ्य के हो ? सम्माननीय प्रधानमन्त्रीज्यूले यस गरिमामय सदनलाई दिन दिनांक, कसको हस्ताक्षर ? कसको निर्णय ? कसले सम्प्रेषित गर्‍यो ? सबै जानकारी दिनुपर्‍यो ।’

आफू प्रधानमन्त्री हुँदा कांग्रेसकै सांसदले इनफ इज इनफ भनेर संसदमा भनेको स्मरण गर्दै ओलीले सम्बोधनको अन्त्यमा भने, इनफ एज इनफ त्यो बेला होइन, यो चाहिँ हो । इनफ इज इनफ । इट्स नट टोलरेबल यो सैह्य छैन।’ एमाले अध्यक्ष ओलीले बताए ।

साभार:अनलाइनखबर ।

2.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *