समखबर संवाददाता
नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टी बिच एकतालाई अगाडि बढाउन पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय भएको छ ।
मोहन वैद्य नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादी पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टी एकतालाई अगाडि बढाउन सहमत भएका हुन । पार्टी एकतालाई अगाडि बढाउने निर्णय पश्चात् नेकपा क्रान्तिकारी माओवादीका महासचिव किरण र नेकपा बहुमतका संयोजक कञ्चनद्वारा साउन २० गते जारी संयुक्त विज्ञप्तिमार्फत निर्णय सार्वजनिक गरिएको छ ।
तत्कालीन एकीकृत माओवादीबाट २०६९ सालमा अलग भई नेकपा-माओवादीमा पार्टी गठन गरेका नेता कार्यकर्ता पछिल्लो समय विभिन्न पार्टीमा विभाजित रहदै आएका थिए । ‘पार्टी एकतालाई अगाडि बढाउने निर्णय सकारात्मक रहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका माथि संकट गहिरिदो छ । पार्टी एकता गर्ने निर्णयले जनतामा गरेको बाचा पूरा गर्न थप मद्दत मिल्छ ।,’ पार्टी एकता अगाडि बढाउन सहमत भएका पार्टीका एक नेताले बताएका छन् ।
समखबर संवाददाता