समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

क्रान्तिकारी माओवादी केन्द्रीय समिति बैठक सुरु, महाधिवेशन वा सम्मलेलन बारे निर्णय लिने

४ वर्ष अगाडि
काठमाडौँ
समखबर संवाददाता

2.4K

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठक बिहीबारबाट घट्टेकुलो स्थिति इच्छुक प्रतिस्ठानको हलमा सुरु भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमहरू माथि छलफल, स्थानीयतहको निर्वाचन बहिस्कार अभियानका क्रममा भएको गतिविधिको समिक्षा र पार्टी संगठनका विषय र पार्टीको आगामी सम्मेलन वा महाधिवेशन बारे केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने बैठकमा सहभागी एक नेताले बताए ।

“महासचिवद्वारा पेस हुने राजनीतिक प्रतिवेदन माथि छलफल गर्दै, पार्टीले आगामी दिनमा लिने रणनीति, पार्टीको आगामी महाधिवेशन वा सम्मलेलन बारे र निकट भविष्यमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन उपयोग गर्ने/नगर्ने विषयहरूमा गम्भीर छलफल र निर्णय लिने योजना छ”, पार्टी प्रवक्ता हरिभक्त कडेल ‘प्रतीक’ले भने ।

पार्टीको गत केन्द्रीय समितिको बैठकले लिएको निर्णय अनुरुप नेकपा क्रान्तिकारी माओवादीले गत स्थानीयतहको निर्वाचन बहिष्कार गरेको थियो ।

2.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *