समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

क्रान्तिकारी माओवादी सहित ६ वाम घटकद्वारा विरोध प्रदर्शन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.6K

नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ वाम घटकले राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, नेपाली सेनाको असंलग्न परराष्ट्र नीति विपरीतका गतिविधि र जनजीविकाका समस्याहरु विरुद्द विरोध प्रदर्शन गरेको छ । रत्नपार्क स्थित शान्तिबाटिकामा आज (बिहिबार) उक्त विरोध प्रदर्शन गरेका हुन् ।

उक्त विरोधसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेलले देशमा जनघात र राष्ट्रघातले हरेक सिमा पार गरेको भन्दै अब छिट्टै शासकहरुले बालुवाटार छोडेर भाग्नुपर्ने दिन आउन सक्ने बताए ।

उनले भने -“शासकहरुले राष्ट्रघात र जनघातका हरेक सिमा पार गरिसकेका छन् । जनताको असिम धैर्यता अब टुट्न थालिसकेको छ । अब छिट्टै शासकहरुले बालुवाटार र सिंहदरबार छाडेर भाग्नुपर्ने दिन आउँछ ।”

उनले राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्न दलालहरुले राष्ट्रपतिलाई दबाब दिइरहेको चर्चा गर्दै नेपाललाई फिजी जस्तो बनाउने राष्ट्रघातमा राष्ट्रपतिले लालमोहर नलगाउने कुरामा आफूहरु विश्वस्त रहेको पनि बताए ।

कार्यक्रममा नेकपा (मसाल) समन्वय समितिका नेता ओमबहादुर, नेकपा (बहुमत)का कार्यालय सदस्य बाबुराम गजमेर, संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका प्रतिनिधि माधव दाहाल लगायतका नेताहरुले विरोध मन्तव्य राखेका थिए ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *